नेप्सेले तीन हजार अङ्कको कीर्तिमानी विन्दु पार गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

नेप्सेले तीन हजार अङ्कको कीर्तिमानी विन्दु पार गर्यो



काठमाडाैं । सेयर बजार परिसूचक नेप्सेले तीन हजार अङ्कको कीर्तिमानी विन्दु पार गरेको छ । नेप्से सोमबार (आज) ४२ दशमलव ७२ अङ्कले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ ।

नेपाली शेयर बजारको इतिहासमा नेप्से पहिलो पटक तीन हजारको विन्दुमा पुगेको हो ।
आज बैङ्किङ समूहको सेयर साढे ५२ अङ्कले, होटेलको एक सय ५८, फाइनान्सको २५, जीवन बिमा समूहको ८१ र निर्जीवन बिमा समूहको शेयर तीन सय सात अङ्कले बढेको छ । व्यापार, विकास बैङ्क, जलविद्युत्, माइक्रो फाइनान्स, अन्य र म्युचल फन्ड समूहको शेयर भने घटेको छ ।
आज पनि झन्डै १९ अर्ब रुपैयाँको कारोबार भएको छ । हिजो १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २१ कम्पनीका तीन करोड ५० लाख कित्ता शेयर १८ अर्ब ८८ करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको ६२ करोड रुपैयाँको सेयर किनबेच भयो ।


नेप्से कीर्तिमानी विन्दुमा पुगेको दिन आज १२ वटा कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । तर समग्र बजार बढे पनि माउन्टेन हाइड्रो कम्पनीको शेयर सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।  

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार १५:५५