अब बैङ्क तथा वित्तीय संस्थाले यसरी दिने छन् सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अब बैङ्क तथा वित्तीय संस्थाले यसरी दिने छन् सेवा



काठमाडाैं । बैङ्क तथा वित्तीय संस्थाहरूका लागि नेपाल राष्ट्र बैङ्कले सोमबार नयाँ निर्देशन जारी गरेको छ । थपिएको निषेधाज्ञाका बेला स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आवश्यकताअनुसार बैङ्क तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको हो ।

तर नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा दिन राष्ट्र बैङ्कले सुझाव दिएको छ ।

बन्द भएका शाखाको सटरमा वा वेबसाइट र सामाजिक सञ्जालमा खुला भएको शाखाको स्पष्ट जानकारी दिने गरी सूचना दिन पनि निर्देशन दिइएको छ । बैङ्क तथा वित्तीय संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई उच्च प्राथमिकतामा राखेर सकभर घरबाटै काम गर्न र कार्यालयमा पनि न्यूनतम कर्मचारी राखेर सेवा दिन राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

केन्द्रीय कार्यालयको हकमा एक तिहाइ र शाखा कार्यालयमा न्यूनतम कर्मचारी राख्न राष्ट्र बैङ्कले भनेको छ । सेवाग्राहीलाई पनि सकभर विद्युतीय माध्यमबाट कारोबारमा प्रोत्साहित गर्न राष्ट्र बैङ्कले निर्देशन दिएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार १६:०३