व्यापार घाटा २१ दशमलव ५ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

व्यापार घाटा २१ दशमलव ५ प्रतिशतले बढ्यो



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो १० महिनामा नेपालको व्यापार घाटा २१ दशमलव ५ प्रतिशतले बढेको छ । यस अवधिमा व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

जबकी अघिल्लो बर्ष यही अवधिमा यस्तो घाटा १४ दशमलव प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा व्यापार घाट बढेसँगै आयात निर्यातको अनुपात पनि बढेको छ । गएको आर्थिक बर्षको पहिलो १० महिनामा निर्यातको तुलनामा आयात आठ गुणाले बढि रहेकोमा अहिले त्यो बढेर आठ दशमलव ६ गुणा बढि भएको छ ।

समीक्षा अवधिमा कुल वस्तु आयात २२ दशमलव ३ प्रतिशत बढेर १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो बर्ष सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो । सोही अवधिमा निर्यात ३२ दशमलव २ प्रतिशतले बढेर एक खर्ब आठ अर्ब पुगे पनि आयातको आकार निकै ठूलो भएकाले यसको असर व्यापार घाटामा न्यून देखिएको छ ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार १६:५५