प्रदेश १को बजेटमा सहकारीः यस्ता छन् प्रथामिकता र सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रदेश १को बजेटमा सहकारीः यस्ता छन् प्रथामिकता र सुविधा



प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८।७९ को बजेट प्रस्तुत गरेको छ । हामीले यहाँ सहकारी क्षेत्रका लागि कस्ता कर्यक्रमहरु आएका छन् भन्नेबारेमा बुदागत रुपमा राखेका छाैँ ।

  • आर्थिक गतिविधि एवम् विकास निर्माणका कार्यक्रमलाई तीव्रता दिदै सार्वजनिक निजी र सहकारी क्षेत्रमा उपलब्ध स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गरी गरिबी निवारण गर्ने
  • संरक्षित कृषि सुनिश्चित बचतको अवधारणा अनुरुप परम्परा र निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण यान्त्रिकरण तथा व्यावसायीकरण गर्दै क्रमश आत्मनिर्भर बनाउदै लगिने छ । कृषि उत्पादनको विविधिकरण एवम् विशिष्टीकरण मार्फत उत्पादकत्व अभिवृद्धि गर्न स्थानीय तह तथा सहकारी संस्थाहरु संग सहकार्य गरिने छ ।

  • कृषकहरुका लागि आवश्यक पर्ने बिउबिजन तथा मलको सहज उपलब्धता रोग पहिचान र नियन्त्रण कृषि ज्ञान सिप र दक्षता अभिवृद्धि कृषि उपजको भण्डार तथा बजारीकरणका लागि सरकार सहकारी निजी क्षेत्रसंग सहकार्य गरि कार्यक्रम सञ्चालन गरिने ।
  • कृषि उत्पादकत्व अभिवृद्धि गर्न सार्वजनिक निजी सहकारी साझेदारी तथा सहलगानीको नीति अंगिकार गरिने छ ।
    खाद्यान्नो बीउ विजन उत्पादन तथा प्रशोधन र फलफूल बेर्ना उत्पादनको लागि पुर्वाधार निर्माणमा सहकारी निजी उद्यमीहरुसंग सहकार्य गरी बेर्ना आपुर्ति प्रवर्द्धन गरिने छ ।

  • कृषि तथा पशुपालन क्षेत्रमा युाहरुको बढ्दो आकर्षणलाई अवसरको रुपमा लिई विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ । सहकारी संस्थाबाट कर्जा लिइ कृषिमा लगानी गर्ने कृषकलाई सहकारी मार्फत ब्याज अनुदान प्रदान गरिने छ । सहकारी संस्थाहरु संगको सहकार्यमा कृषि उत्पादन तथा पूर्वाधार निर्माण सहयोग बजार पूर्वाधार निर्माण सहयोग तथा डेलिभरी भ्यानको खरिदनमा अनुदान दिने ब्यवस्था मिलाएको ।
  • प्रदेशलाई दुध र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाइने छ । व्यवसायिक गाई फार्महरुमा सेक्स्ड सिमेन उपलब्ध गराइने तथा विशिष्टिकृत सहकारी संघ मार्फत धुलो दुध कारखाना स्थापना गरिने छ । स्थानिय समुदायसंगको सहकार्यमा मागको आधारमा स्थानीय स्तरमा दुग्ध चिस्यान केन्द्र(चिलिङ्ग भ्याट)स्थापना गरिनुको साथै सहकारी मार्फत प्रमुख बजारहरुमा दुग्ध परिकार पसल सञ्चालन गरिने छ ।

  • उन्नत बीउ तथा गाई,भैसी, चाैरी,बाख्र,भेडा आदि पशु नस्लको प्रयोगमा विस्तार गर्न निजी तथा सहकारीको क्षमता अभिवृद्धि तथा समुदायमा आधारित कार्यक्रम सञ्चालन गर्न स्रोत व्यवस्था ।
  • प्राङ्गारिक चियाको उत्पादन,प्रसोधन तथा बजारीकरण सहकारी संस्था मार्फत गरिने कार्यका लागि प्रोत्सानको व्यवस्था ।
  • आपुर्ती सहजी करणकको लागि सहकारीमा आधारित मण्डीस्थलहरुको निर्माण गर्न स्रोत व्यवस्था ।

प्रकाशित : १ असार २०७८, मंगलवार १८:१७