लगानीकर्ताका संघले भनेः धितोपत्र बोर्डको पछि नलागाै, संयमित भएर लगानी गराैँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

लगानीकर्ताका संघले भनेः धितोपत्र बोर्डको पछि नलागाै, संयमित भएर लगानी गराैँ



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिलाई लिएर नेपाल ईन्भेष्टर फोरम र शेयर लगानीकर्ता संघ नेपालले गम्भिर असहमति जनाएका छन् । दुबै संस्थाले संयुक्त रुपमा बोर्डको कदमलाई लिएर असहमति जनाएका हुन् ।

संसारमा कुनै पनि देशको नियामक निकाय आफैले संचालन स्विकृती दिएका कम्पनीहरूमा लगानी गर्न उचित हुँदैन भनेर धारणा दिन नसकेको उनिहरुको धारणा रहेको छ । कानुनले वर्जित गरेको बाहेक सबै कामहरू स्वतन्त्र रूपमा गर्ने छुट पाउने उनिहरुको भनाइ छ ।

बोर्डले आफ्नो जिम्मेवारी र दायित्वलाई मनन नगरी गरेको यो काम पुँजिबजारको अहितमा रहेको भन्दै नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघ नेपालले बोर्डको धारणा र प्रवृतिप्रति नलागी संयमित ढंगले लगानी सम्बन्धि धारणा बनाउन आग्रह गरेका छन् ।

नियामक निकायले आफैले सञ्चालन स्विकृती दिएका कम्पनीहरुमा लगानी गर्न उचित हुँदैन भनेर धारणा दिन सक्दैन र कानूनले बर्जित गरेका बाहेक सबै कामहरु स्वतन्त्र रुपमा गर्ने छुट पाउने जनाएको छ ।

प्रकाशित : २ असार २०७८, बुधबार ११:२८