असार ११ गतेबाट १९ करोड बराबरको आइपि‌ओ निष्कासन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

असार ११ गतेबाट १९ करोड बराबरको आइपि‌ओ निष्कासन हुने



काठमाडौँ । जीवन विकास लघुवित्तले असार ११ गतेबाट साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीको १०० रुपैयाँ अङ्कित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आइपिओ असार ११ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो । 


आइपीओको कूल कित्तामध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरूलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

उक्त आइपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरूले नेपाल धितो पत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखाहरूबाट आवेदन दिन सकिनेछ भने अनलाइन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ । 
लगानीकर्ताहरूले उक्त आइपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

संस्थाको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा आइआर बीबीबी माइनस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


संस्थालाई नेपाल धितोपत्र बोर्डले जेठ ३० गते आइपिओ निष्काशनको अनुमति प्रदान गरेको थियो । संस्थाले गत बर्ष फागुन १७ गते आइपिओ निष्काशनको अनुमति माग गर्दै सेबोनमा निवेदन पेश गरेको थियो ।     संस्थाको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीले जम्मा पुँजीको ३२.५० प्रतिशत आईपिओ निष्कासन गर्न लागेको हो । 


संस्थाले तेस्रो त्रैमाससम्ममा ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको देखिन्छ । गत बर्षको यसै अवधिमा संस्थाको खुद मुनाफा ३६ करोड ८१ लाख ७२ हजार रुपैयाँमा सिमित थियो । 

४१ करोड ६ लाख ७० हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख रुपैयाँ रहेको छ । आइपिओ निष्काशनपछि संस्थाको चुक्ता पुँजी ६० करोड ३७ लाख ४० हजार रुपैयाँ पुग्नेछ । 

प्रकाशित : ३ असार २०७८, बिहीबार १४:२५