सूर्या लाइफ इन्सुरेन्सको हकप्रद सेयर साउन २० देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सूर्या लाइफ इन्सुरेन्सको हकप्रद सेयर साउन २० देखि



surya_life_7_18_2016_12_01_59काठमाडाै ३ साउन । सूर्या लाइफ इन्सुरेन्सको हकप्रद सेयर साउन २० देखि निष्कासन खुला हुने भएको छ ।कम्पनीले ४ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद प्रयोजनका लागि असार २८ मा बुक क्लोज भइसकेको छ । सूर्या लाइफको हकप्रद भर्ने म्याद भदौ २२ सम्म तोकिएको छ ।
कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यको १२ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । सर्या लाइफको हाल चुक्ता पुँजी ५० करोड रूपैयाँ छ । हकप्रद जारीपछि चुक्ता पुँजी ६२ करोड ५० लाख रूपैयाँ पुग्नेछ । नियामक बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजीमा भारीमात्रामा वृद्धि गर्ने तयारी गरेपछि सूर्या लाइफले पनि त्यसैको तयारीस्वरुपः पुँजी वृद्धिको रणनीति बनाएको हो ।
कम्पनीको हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्ने भएको छ । सूर्या लाइफको हाल जीवन बिमा कोषमा एक अर्ब ६६ करोड २७ लाख ७३ हजार रूपैयाँ रहेको छ । आर्थिक वर्ष २०७४–७५ सम्ममा जीवन बिमा कोषको आकार चार अर्ब २३ करोड २२ लाख ६२ हजार रूपैयाँ पुर्याउने प्रक्षेपण गरिएको छ ।
यसैगरी, कम्पनीको जगेडा कोषमा हाल १९ करोड ७८ लाख ७४ हजार रूपैयाँ जम्मा भएको छ । आर्थिक वर्ष २०७४–७५ सम्ममा जगेडा कोषमा ४० करोड ८९ लाख ५८ हजार रूपैयाँ पुर्याउने कम्पनीको योजना रहेको छ ।

प्रकाशित : ३ श्रावण २०७३, सोमबार १५:०९