धितोपत्र बोर्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दायर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

धितोपत्र बोर्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दायर



काठमाडौं । नेपाल धितोपत्र बोर्ड विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । धिताेपत्र बाेर्डले मंगलबार सार्वजनिक गरेकाे प्रेस विज्ञप्ति बदर गर्ने माग गर्दै शुक्रबार अधिवक्ता रविन बोहजुले बोर्ड बिरुद्द रिट दायर गरेका हुन् । उक्त रिटको पेशी आइतबारको लागि तोकिएको छ ।


बोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेमा सुचीकृत ५१ कम्पनीमा लगानी गर्न जोखिम रहेको भन्दै कम्पनीको नाम सार्वजनिक गरेको थियो । बोर्डको निर्णय बिरुद्ध अधिवक्ता रविन बोहजु र सुरेन्द्र कोंजुले शुक्रबार रिट दायर गरेकोमा असार ६ गतेलाई पेशी तोकिएको हो ।

उक्त रिटमा नेपाल धिताेपत्र बाेर्ड, नेपाल स्टक एक्सचेञ्ज, अर्थमन्त्रालय र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई विपक्षी बनाइएकाे छ । रिट निवेदनमार्फत् लगानीकर्तालाई भयवित हुने कुनै पनि काम नगर्न र नगराउन अन्तरिम आदेश माग गरिएकाे हाे ।

बोर्डको उक्त निर्णय बोर्डको काम कर्तब्य अधिकारभन्दा बाहिरको रहेको र यसले लगानीकर्तालाई त्रसित र आतंकित बनाएको रिट निवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित : ४ असार २०७८, शुक्रबार २०:११