प्रुडेन्सियल इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रुडेन्सियल इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर दिने



काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले शेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ। कम्पनीको १९ औं वार्षिक साधारणसभाले ८% बोनस सेयर र कर प्रयोजनार्थ ०.४२% नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

बोनस सेयरपछि कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार पुग्नेछ। निर्जीवन बीमा कारोबार गर्दै आएको कम्पनीको १९ ‍औैं वार्षिक साधारणसभाले दुई संचालकहरुको समेत चयन गरेको छ।

कम्पनीको संस्थापन समूह ख अन्तर्गत शैलेश संघई र अनिता रायमाझी संचालकमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित : ६ असार २०७८, आईतवार १६:३७