सुमेरुको १८औं वाषिर्कोत्सवमा रक्तदान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुमेरुको १८औं वाषिर्कोत्सवमा रक्तदान



काठमाडौं । ललितपुरको पुल्चोक स्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को अपरेटिभले आफ्नो स्थापनाको १८ औं वाषिर्कोत्सव मनाएको छ ।

सुमेरु सहकारी र लायन्स क्लव अफ काठमाडौं सुमेरुको सयुक्त आयोजनामा वृहत रक्तदान कार्यक्रमे आयोजना गरी वाषिर्कोत्सव मनाइएको हो ।

लायन्स कल्वका गभर्नर कुमार सुवेदी र सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले संयूक्त रुपमा उद्घाटन गर्नुभएको रक्तदान कार्यक्रममा ५३९ जनाले रक्तदान गरेका थिए ।

“सुमेरुको सामाजिक अभियान गरौं रक्तदान गरौं जीवन दान” भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा जिल्ला स्थित सरकारी/गैर सरकारी कार्यालयका पदाधिकारीहरुको उल्लेख उपस्थितीे थियो ।

प्रकाशित : ४ श्रावण २०७३, मंगलवार १३:२२