५० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सुरु गर्ने सरकारको निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

५० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सुरु गर्ने सरकारको निर्णय



काठमाडाैं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गर्ने निर्णय गरेको हो । व्यवसायीहरुले आन्तरिक उडान सुरु गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

यसैबीच, सरकारले अन्तर्राष्ट्रियस्तरमा पनि दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ । हाल सातामा एकरएक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौँ-दोहा सातामा ४ उडान हुनेछन् ।

प्रकाशित : ८ असार २०७८, मंगलवार २०:३२