चुणामणी शर्मा सहित तीनजना विरुद्ध एक अर्ब बिगोको भ्रष्टाचार मुद्दा दायर



काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्योट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शर्मासहित आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अर्ब ३३ करोड २० हजार तीन सय ८५ बिगो कायम गरी बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध दोस्रो पटक भ्रष्टाचार मुद्दा दायर भएको हो । कर छुटका नाममा उनीहरुले व्यापारीसँग लाभ दिएर कर मिनाहा गरिदिएका थिए ।

करदाताहरूको विभिन्न कर वक्यौतामा गैरकानुनी तरिकाले छुट दिएर भ्रष्टाचार गरको आरोपमा उनीहरूलाई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम उनीहरूसँग सो बराबरको रकम बिगो र दफा ३ को उपदफा (१) र उपदफा (१) बोजिम कैद गरी जरिवानसमेतको सजाय माग गरिएको रिसालले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस
इकोनोमिक मिडिया सोसाइटी र विज्ञापन संघबीच सहकार्य सुरु

काठमाडौं । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन)

आर्थिक विकास र आर्थिक पत्रकारिता अनुशिक्षण कार्यक्रम

विराटनगर । मुलुकको आर्थिक एवं औद्योगिक विकासका लागि संचारकर्मी र संचार माध्यमले पु¥याउदै

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा सम्वन्धी सम्झौता

काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपाल वीच भुक्तानी सेवा

मधु मरासिनीलाई अर्थ सचिवको जिम्मा

काठमाडाैं । सरकारले अर्थ सचिवमा मधु मरासिनीलाई सरुवा गरेको छ । महालेखा नियन्त्रक

प्रकाशित मिति २०७८ असार १ देखि