नायब सुब्बा घुस रकमसहित रंगेहात पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नायब सुब्बा घुस रकमसहित रंगेहात पक्राउ



काठमाडौं  ४ साउन । वागमती यातायात व्यवस्था कार्यालय ललितपुरमा कार्यरत एक प्राविधिक नायब सुब्बा घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली सुर्यबज्र बज्राचार्यलाई पक्राउ गरेको हो ।

वागमती यातायात व्यवस्था कार्यालय, एकान्तकुनामा कार्यरत प्राविधिक बज्राचार्यले लाइसेन्स नविकरण गरिदिने भनेर सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस रकम माग गरेका थिए ।

अख्तियारको टोलीले उजुरीको आधारमा ले उनलाई रंगेहात पक्राउ गरेको हो ।

प्रकाशित : ४ श्रावण २०७३, मंगलवार १३:२६