सर्वोत्तम सिमेन्टको लाभांश पारित,६० लाख कित्ता आइपीओ निष्काशन गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सर्वोत्तम सिमेन्टको लाभांश पारित,६० लाख कित्ता आइपीओ निष्काशन गर्ने तयारी



काठमाडाैं । सर्वोत्तम सिमेन्टको लाभांश पारित भएको छ । कम्पनीको विशेष साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.००६ गरि कुल २०.१२४ प्रतिशत लाभांश पारित गरेको हो ।

हाल कम्पनीको चुक्तापुंजी ३ अर्ब ४० करोड रहेको छ । पारित भएको (६५ करोड बराबरको बोनस ) वितरणपछि कम्पनीको चुक्ता पुंजी ४ अर्ब नाघ्ने छ ।

त्यस्तै सभाले कम्पनीको जारि तथा चुक्ता पुंजी मिलान गरि संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात मिलान गर्ने , प्रबन्धकापत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र नियमावलीमा थप संशोधन गर्नु पर्ने संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गरेको छ ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशन गर्न तयारी गरेको छ। कम्पनीले सर्वसाधारणलाई बुक बिल्डिङ्ग विधि बाट आईपिओ निष्काशन गर्न लागेको हो।

प्रकाशित : १० असार २०७८, बिहीबार २१:३४