चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीले सदस्यलाई छुट सुविधा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीले सदस्यलाई छुट सुविधा दिने



सुनसरी । सुनसरीको बराह क्षेत्र नगरपालिका–२ मा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई ब्याज तथा हर्जानामा छुट दिने भएको छ । संस्थाको हालै बसेको सञ्चालक समितिको बैठकले कोभिड १९ महामारीको दोश्रो लहरबाट सदस्यहरु प्रभावित भएकाले केहि राहत पुगोस् भन्ने उद्देश्यले छुट सुविधा दिन लागेको व्यवस्थापक बाबुराम खत्रीले जानकारी दिए । 

संस्थाका सदस्यहरुले असार मसान्तभित्र कर्जाको नियमित साँवा र ब्याज भुक्तानी गरेमा दुई महिनाको ब्याजमा १० प्रतिशत छुट दिने, कर्जाको ब्याजमात्रै भुक्तानी गरेमा दुई महिनाको ब्याजमा ५ प्रतिशत छुट दिने र असार मसान्तभित्र पुरानो कर्जाको साँवाब्याज तिर्ने सदस्यलाई कुनै पनि थप शुल्क तथा हर्जाना नलिने निर्णय भएको खत्रीले बताए । 

त्यसैगरी सदस्यहरुलाई अति आवश्यक कर्जा चाहिएमा आवश्यक प्रक्रिया पूरा गरी कर्जा लगानी गर्ने समेत जनाएको छ । हाल समेत कोरोना भाइरसको जोखिम कायमै रहेकाले केन्द्र र समुहको बैठक सञ्चालन नगर्ने र सदस्यहरुले नियमित बचत तथा ऋणको किस्ता कार्यालयमा गई भुक्तानी गर्न सक्ने व्यवस्था संस्थाले मिलाएको छ ।

प्रकाशित : ११ असार २०७८, शुक्रबार १४:५८