जीवन विकास लघुवित्तको आइपी‌ओमा माग भन्दा बढी आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

जीवन विकास लघुवित्तको आइपी‌ओमा माग भन्दा बढी आवेदन



काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिक्रि खुला भएको पहिलो दिन नै ४ लाख ७३ हजार ५ सय २१ जनाले ७३ करोड ८१ लाख रुपैयाँ बराबर सेयरका लागि आवेदन दिएका छन् । बिक्रि खुला गरेको पहिलो दिन नै यो माग भन्दा बढी आवेदन परेको हो ।
संस्थाले शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।

जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याुइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि छिटोमा असार १५ गते र ढिलोमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ११ असार २०७८, शुक्रबार १७:५२