इतिहास रच्दै नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

इतिहास रच्दै नेप्से



stockकाठमाडौं, ४साउन  ।  इतिहास रच्दै नेप्से १८००.४७ विन्दुमा पुगेर रोकिएको छ । हिजो कारोवारको अन्तिम चरणमा उछाल आएको बीमा समूहमा आज भने २४०.१९ अंकको ब्रेक लागेको छ ।

चौथो त्रैमाशको वित्तीय विवरण सार्वजनिक हुने क्रम नजिकिदैं जादाँ बैंकिङ् समूहमा लगानी कर्ताको आकर्षण बढेको देखिन्छ । आज सबैभन्दा बढि यो समूह ३५ दशमलव ४८ अंकले बढेको छ । त्यस्तै कारोवारको आधारमा पनि बैंकिङ् समूह नै अगाडि रहेको देखिन्छ । सर्वाधिक कारोवार गर्ने १० कम्पनीमा छ ओटा यस समूहका कम्पनी रहेका छन् । आज सबैभन्दा बढि माछापुच्छ«े बैंकको ३० करोड २५ लाख १७ हजार रुपैयाँ बरावरको शेयर कारोवार भएको छ । त्यस्तै नेपाल बैंकको १० करोड ६३ लाख ५५ हजार रुपैयाँ बरावरको शेयर कारोवार भएको छ ।

 

त्यस्तै आजको कारोबारमा विकास बैंक समूह १५.७७ अंकले बढेको छ । तथापी मौद्रिक नीति सार्वजानिक भएदेखि नै लगानीकर्ताको आकषर्णबाट बाहिरिएको विकास बैंक समूह अन्र्तगतको माईक्रोफाइनान्स समूहमा आज पनि लगानीकर्ताको विकर्षण कायम नै रह्यो ।  आज सर्वाधिक गुमाउने १० कम्पनीमा ४ कम्पनी यहि समूहका रहेका छन् । आज सर्वाधिक गुमाउनेमा र्निधन उत्थान विकास बैंकका लगानीकर्ताहरु रहेका छन् ।

 

आज नेप्से १३ दशमलव ९० अंकले बढेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटभ परिसूचक पनि ३ दशमलव ५८ अंकले बढेको छ ।

त्यस्तै होटल समूहमा पनि लगानीकर्ताहरुको आकषर्ण देखिएको छ । आज यो समूह ३५ दशमलव ३३ अंकले बढेको छ । आज म्यानुफ्याक्चारिङ सेक्टरको सूचक पनि ४० दशमलव २४ अंकले बढेको छ ।  फाइनान्स समूह पनि ८ दशमलव ८१ अंकले बढेको छ ।

हाइड्रोपावर समूह र अन्यको सूचकमा भने गिरावट आएको छ । आज हाइड्रोपावर समूह ९ दशमलव ९३ अंकले घटेको छ भने अन्यको सूचक मापन गर्ने इन्डेक्समा १७ दशमलव ०७ अंकको गिरावट आएको छ । आज सर्वाधिक कमउनेमा सिद्धार्थ बैंक र किसान माईक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् ।

प्रकाशित : ४ श्रावण २०७३, मंगलवार १३:३९