काठमाडौंमा सक्रिय संक्रमित कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

काठमाडौंमा सक्रिय संक्रमित कति ?



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५३ जनालाई कोरोना पोजेटिभ देखियो । काठमाडौंमा १८५, भक्तपुरमा २५ र ललितपुरमा ४३ जनालाई संक्रमण पुष्टि भएको छ । अहिले काठमाडौं उपत्यकामा ८ हजार ४४४ सक्रिय संक्रमित छन् । काठमाडौंमा ४२०४, भक्तपुरमा १८३३ र ललितपुरमा २४०७ जना सक्रिय संक्रमित छन् ।

आज देशभर २ हजार १६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४ हजार ९१४ निको भएका छन् भने ३० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ४७०४ पीसीआर र ४८०६ जनाको एन्टीजेन गरि जम्मा ९ हजार ८१० परीक्षण भएको छ । जसमा पीसीआरमा ११७४ र एन्टीजेनमा ८४२ जनालाई पोजेटिभ देखिएको छ ।

अहिलेसम्म नेपालमा ६ लाख ६३ हजार ८५७ जनालाई कोरोना पुष्टि भएको छ जसमध्ये ५ लाख ८१ हजार ३२७ जना निको भएका छन् भने ८९७५ जनाको मृत्यु भएको छ । अहिले देशभर ४२ हजार २४ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित : १२ असार २०७८, शनिबार १७:०८