सेयर बजारमा करेक्शन,जलविद्युत समूहमा लगानीकर्ता झुम्मिंए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सेयर बजारमा करेक्शन,जलविद्युत समूहमा लगानीकर्ता झुम्मिंए



काठमाडाैं । आइतबार सेयर बजारमा करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार २७ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज २७ दशमलव ३८ अङ्कले बढेर दुई हजार आठ सय ७० दशमलव ३८ अङ्कमा पुगेको छ ।

आज हाइड्रोपावर समूहको शेयर ७६ दशमलव १ अङ्कले, व्यापारको ४७ दशमलव २ अङ्कले, बैंकिङ समूहको ३८ दशमलव २६ अङ्कले बढेको छ । विकास बैंक समूहको शेयर भने झन्डै ६० अङ्कले घटेको छ ।

आज दुई सय २७ कम्पनीका दुई करोड नौ लाख ७४ हजार तीन सय ७७ कित्ता शेयर सात अर्ब १६ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । आज नेपाल हाइड्राे पावर कम्पनीकाे सबैभन्दा धेरै ४० कराेड रुपैयाँ बाराबरकाे शेयर काराेबार भएकाे छ ।

आज सेन्चुरी कमर्सियल बैंक र माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य झन्डै १० प्रतिशतले बढेको छ । आज गुर्खाज फाइनान्स कम्पनीको शेयर मूल्य झन्डै साढे चार प्रतिशतले घटेको छ ।

प्रकाशित : १३ असार २०७८, आईतवार १६:४६