समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न ३५ दिने सूचना, नतिरे के हुन्छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

समस्याग्रस्त ११ सहकारीको ऋण तिर्न ३५ दिने सूचना, नतिरे के हुन्छ ?



काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ११ वटा समस्याग्रस्त सहकारीको ऋण तिर्न ३५ दिने सूचना जारी गरेको छ।

ऋण चुक्ता गर्न कार्यालयले पटक पटक आग्रह गर्दा पनि अटेर गरेकाले सूचना जारी गरिएको जनाएको छ। ऋण चुक्ता नगरे ऋणी र निजका परिवार तथा जमानीकर्ताको नामका सम्पत्तिबाट कानून बमोजिम असुल गरिने कार्यालयले चेतावनी दिएको छ।

स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, प्यासिफिक सेभिङ एण्ड इन्भेष्टमेन्ट, प्रभु बचत तथा ऋण सहकारी, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट, कन्जुमर बचत तथा ऋण सहकारी, कुबेर बचत तथा ऋण सहकारी, चार्टर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी, स्टाण्डर्ड मल्टिपर्पोज को-अपरेटिभ, सोसाइटल बचत तथा ऋण सहकारी र लु:निभा बहुद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको थियो।

प्रकाशित : १४ असार २०७८, सोमबार १३:३२