६ सय ग्यास बुलेट खरिद गर्न ग्यास उद्योगलार्इ अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

६ सय ग्यास बुलेट खरिद गर्न ग्यास उद्योगलार्इ अनुमति



काठमाडौं , ५ साउन । नेपाल आयल निगमले नेपाल एलपी ग्यास उद्योग संघलाई ६ सय ग्यास बुलेट खरिद गर्न अनुमति दिएको छ । संघका अध्यक्ष शिव घिमिरेले ४० वटा ग्यास उद्योगीले निगमबाट ६ सय ग्यास बुलेट खरिद गर्न अनुमतिपत्र पाएको बताए । “अब ग्याँस बुलेट खरिद प्रक्रिया अगाडि बढाइनेछ,” उनले भने, “छिट्टै बुलेट खरिद गर्छाैं ।” हाल ५ सय २३ वटा बुलेट भाडामा लिई व्यवसायीले ग्यास ढुवानी गर्दै आएका छन् ।

 

ती बुलेट भारतीय ट्रान्सपोर्टरका हुन् । ग्यासको माग वार्षिक बढ्दै गएकाले बुलेट खरिद गर्नु आवश्यक रहेको घिमिरले बताए । आफ्नो ग्यास बुलेट नहुँदा ढुवानीमा अर्बाैं रुपैयाँ बाहिरिने गरेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

संघका अनुसार भेरी ग्यास उद्योग प्रालिले १५, एभरेस्ट ग्यासले २३, गीता ग्यास उद्योगले ९, गृहलक्ष्मीले २१, जानकीले १५, कन्काईले १०, कोसीले ४५, लियोले ९, मनोजले १४, मनकामनाले १४ र  मारुतीले १६ वटा बुलेट खरिद गर्न अनुमति पाएका छन् ।

यस्तैगरी मेचीले १४, नारायणीले १४, नेपालले ५०, नेपाल ग्यास नारायणीले २०,  नोबेलले १०, पञ्चमहालक्ष्मीले १०, पराजुली एन्ड ब्रदरले १०, प्रिमाले १४, राप्तीले ८, रिजालको भान्छाले १०, रोयल मल्टी लुकले १२ र सगरमाथाले २५ बुलेट खरिद गर्न पाउने छन् । साहाराले १०, श्रीरामले १५, सत्यनारायणले १०, सुगम कामख्याले १, सुगमले १०, सुपर, श्रीवेणी, चण्डेश्वरी र बुटबलले ९÷९, आरतीले ७, जगदम्बाले ५,  भानुले १५ र  ओमले १७ बुलेट  खरिद गर्न पाउने अनुमति पाएका छन् ।

प्रकाशित : ५ श्रावण २०७३, बुधबार ०३:०१