सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा असार २३ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा असार २३ गते



काठमाडाैं । सानिमा जनरल इन्स्योरेन्सको स्थगित भएको साधारणसभा असार २३ गते हुने भएको छ । कम्पनीले असार २३ गते कम्पनीको केन्द्रीय कार्यालय मै भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।

कम्पनीले यस अघि जेठ ११ गते साधारणसभा आह्वान गरेकोमा निषेधाज्ञाको कारण स्थगित भएको थियो । कम्पनीले अर्को सूचना जारी नभएसम्मको लागि बुक क्लोज मितिमा कुनै परिवर्तन नहुने गरि साधारणसभा स्थगित गरेको थियो।

कम्पनीले साधारणसभा प्रयोजनको लागि बैशाख २९ देखि जेठ ११ गत्तेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बैशाख २८ गतेसम्म कायम शेयरधनीले साधारणसभा सभामा भाग लिन सक्ने छन् ।

सभामा आर्थिक वर्ष ७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , आर्थिक वर्ष ७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

प्रकाशित : १५ असार २०७८, मंगलवार १५:११