मिसन डेभलपमेन्टले कमायो ८ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिसन डेभलपमेन्टले कमायो ८ करोड



काठमाडाै ४ साउन । मिसन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ०७२–७३ मा ८ करोड रुपैयाँभन्दा बढी नाफा कमाएको छ।
रूपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५ करोड ९ लाख निक्षेप संकलन र १ अर्ब ७५ करोड ८७ लाख कर्जा प्रवाह गरी ८ करोड ७ लाख ४४ हजार सञ्चालन मुनाफा आर्जन गरेको हो ।

अधिकृत पुँजी २० करोड, जारी र चुक्ता पुँजी समान १९ करोड ४९ लाख २५ हजार रहेको बैंकले अघिल्लो आवमा ४ करोड ४२ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

बैंकले राष्ट्र बैंकले तोकेको समयसीमा भित्र पुँजी वृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ । बैंकको कार्यक्षेत्र रूपन्देही, कपिलवस्तु र नवलपरासी तोकिएको छ ।

प्रकाशित : ५ श्रावण २०७३, बुधबार ०३:०७