कामना सेवा विकास बैंकका एकैदिन दुई वटा शाखा उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कामना सेवा विकास बैंकका एकैदिन दुई वटा शाखा उद्घाटन



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप दुई नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं ३ अन्तर्गत काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नं. १५ स्थित स्वयम्भूमा र भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं. ७ स्थित जगातीमा यही असार १५ गते आफ्नो १२६ औँ र १२७ औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाहरुको समुद्घाटन गरेका हुन् ।

उक्त समुद्घाटन समारोहमा बैंकका संचालक विश्वश्वेर सुवेदी, प्रमुख कार्यकारी अधिकृत लगायत अन्य कर्मचारीहरु उपस्थित थिए भने अन्य सञ्चालकहरुको भर्चुवल उपस्थिति रहेको थियो ।

यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने रणनीति अवलम्बन गरेको छ ।

यससंगै अब बैंकले १२७ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटिएममार्फत ग्राहक हरुलाई निरन्तर सेवा प्रदान गर्नेछ ।

प्रकाशित : १५ असार २०७८, मंगलवार २१:१५