खाडीबाट बर्सेनि ५ खर्ब भित्रिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खाडीबाट बर्सेनि ५ खर्ब भित्रिँदै



money2-390x293काठमाडौं, ५  साउन। मुलुक भित्रिने रेमिट्यान्समध्ये बर्सेनि करिब ७१ प्रतिशत खाडी मुलुकबाट आउने गरेको छ । यो रकम करिब ४ खर्ब ९४ अर्ब ७० करोड रुपैयाँ हुन आउँछ ।

खाडी राष्ट्रहरुमध्ये पनि साउदी अरब, कतार, कुबेत, युनाइटेड अरब इमिरेट्स र बहराइनबाट मात्र त्यति रकम आउने गरेको हो । विश्व बैंकको तथ्यांक अनुुसार नेपालको कुल रेमिट्यान्समा सबैभन्दा धेरै (करिब २९ प्रतिशत) कतारबाट आउँछ ।

साउदी अरबबाट २६ दशमलव ५६ प्रतिशत, युनाइटेड अरब इमिरेट्स (युएई) बाट साढे ११ प्रतिशत, कुबेवबाट ३ दशमलव ८४ प्रतिशत र बहराइनबाट ० दशमलव ०३ प्रतिशत रेमिट्यान्स भित्रिँदै आएको छ ।
यो तथ्यांक सन् २०१५ मा भएको आप्रवाहका आधारमा विश्व बैंकले तयार पारेको हो । उक्त वर्ष करिब ६ खर्ब ५७ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । तुलनात्मक रुपमा ती राष्ट्रहरुमा कामदारका रुपमा गएका नेपालीको संख्या धेरै छ । यसैले कुल रेमिट्यान्सको अधिकांश हिस्सा खाडी मुलुकबाट आउने गरेको केन्द्रीय बैंक राष्ट्र ऋण व्यवस्थापन विभाग प्रमुख मीनबहादुर श्रेष्ठले बताए ।

गत जेठसम्ममा ५ खर्ब ९८ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो साढे ८ प्रतिशतको बृद्धि हो ।

अर्थतन्त्रका हिसाबले ठूला र धेरै कमाइ हुने भनिएका राष्ट्र (अमेरिका, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, क्यानाडा आदि) हरुको योगदान रेमिट्यान्समा कममात्र रहँदै आएको छ । –कान्तिपुर दैनिकबाट

प्रकाशित : ५ श्रावण २०७३, बुधबार ०३:१२