सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनमा बैंकका कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलनमा बैंकका कर्मचारी



काठमाडाैं । सामाजिक सुरक्षा कोषकोविरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित बनेका छन् । असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि उनीहरुले आन्दोलन शुरु गरेका हुन् ।

उनीहरुले बिहान कार्यालय खुल्ने बेलामा बिरोधको कार्यक्रम सुरु गरेका हुन्। आन्दोलन माछापुच्छ्रे बैंकबाट सुरु भएको छ । कर्मचारीहरुले खाइपाइ आएको सेवा सुविधा गुम्ने र तीन दशक लामो संघर्षबाट प्राप्त उपलब्धि गुम्ने भन्दै ऐन संशोधन नभइ कोषमा आबद्ध नहुने बताएका छन्।

त्यस्तै कर्मचारी संगहरुले उठाएका विषयहरु कोषको ऐन, विनियम र कार्यविधिमा रहेका अमिल्दा व्यवस्थाहरु संशोधन नगरी बलजफती गरिएको र सामाजिक सुरक्षा कोष स्वेच्छिक नभइ बाध्यकारी रहेको तथा न्यूनतम पारिश्रमीकबाट बञ्चित बहुसँख्यक श्रमकिहरुलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराइ तिनको सामाजिक सुरक्षाको हक सुनिश्चित नगरेको भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्।

विकास बैंकबाहेक सबै वाणिज्य बैंक, फाइनान्स कम्पनी, लघुवित्त संस्था र बीमा कम्पनीका कर्मचारीहरुले कोष विरुद्ध आन्दोलन शुरु गरेको हो।

प्रकाशित : १६ असार २०७८, बुधबार १७:२३