सिरहामा माछापुच्छ्रे बैंकको नयाँ शाखा सञ्चालन



काठमाडौं । माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको समुद्घाटन गरि आज बाट सञ्चालनमा ल्याएको छ ।

सिरहाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोे एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवज्यूले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।

सिरहाको खोलिएको नयाँ शाखा सगैँ सिरहा जिल्लामा मात्रै बैंकको ६ वटा शाखा सञ्चालनमा रहेको छ । माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ ।

नयाँ शाखाहरु मार्फत कर्जा, निक्षेप लगायतका अन्य सम्पूर्ण बैंकिङ्ग सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३२६ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।

साथै, बंैकको देशभर २०० वटा भन्दा बढी एटीएमहरु तथा ५ वटा एक्टेन्सन काउन्टर संचालनमा रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
करण चौधरीद्वारा नाडाको अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा

काठमाडाैै । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स

ग्लोबल आईएमई क्यापिटल सन्ध्याकालीन काउन्टर शुरु

काठमाडाैँ ।ग्लोबल आईएमई क्यापिटल लिमिटेडले आजबाट सन्ध्याकालीन काउन्टर सञ्चालनमा ल्याउने भएको छ। क्यापिटलले

आइएमई जनरल इन्स्योरेन्सको बोनस शेयर सुचिकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको

वर्गिकरणको लागि आवश्यक विवरण बुझाउन सूचीकृत कम्पनीलाई नेप्सेको ताकेता

काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक

प्रकाशित मिति २०७८ असार १ देखि