फस्ट माइक्रो फाइनान्स एनपिएल शून्य, नाफामा ५० प्रतिशतको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फस्ट माइक्रो फाइनान्स एनपिएल शून्य, नाफामा ५० प्रतिशतको वृद्धि



काठमाडाै । फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७२/७३ मा ५०.८० प्रतिशतले खूद नाफा बढाएको छ ।

कम्पनीले जारी गरेको बित्तीय विवरण अनुसार यो माइक्रो फाइनान्सको खूद नाफा ३ करोड ६१ लाखबाट बढेर ५ करोड ४४ लाख पुगेको हो ।

यो संस्थाको निक्षेप २ अर्ब ७ करोडबाट बढेर २ अर्ब ७४ करोड पुगेको छ । २ करोड ४ लाखबाट कर्जा प्रवाह बढेर २ करोड ६१ लाख पुगेको छ ।

संस्थाले खूद ब्याज आम्दानीतर्फ पनि सन्तोषजनक नै प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७१/७२ मा ७ करोड ८ लाख रुपैयाँ रहेको ब्याज आम्दानी ०७२/७३ मा बढेर ९ करोड ८ लाख पुगेको हो ।

फस्ट माइक्रो फाइनान्सको चुक्तापूँजी  २३ करोड र सञ्चित कोष ७ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

यो संस्थाले निस्क्रिय कर्जालाई शून्यमा झार्ने सफलता प्राप्त गरेको छ ।

फस्ट माइक्रो फाइनान्सको प्रति सेयर आम्दानी र प्रति सेयर नेटवर्थ क्रमशः २३.६७ र १३४.१५ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात(पीइ रेसियो) ८४.४५ रहेको छ ।

प्रकाशित : ५ श्रावण २०७३, बुधबार ०३:२०