लक्ष्मी बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

लक्ष्मी बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लक्ष्मी बैंक लिमिटेडलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ ।

बोर्डले बैंकलाई प्रतिकित्ता एक हजार रुपैयाँको दरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १५ गते, मंगलबार अनुमति प्रदान गरेको हाे । जसमध्ये बैंकले ८ लाख कित्ता सर्वसाधारणका लागि र १२ लाख कित्ता व्यक्तिगत तवरमा अन्य संघ तथा संस्थाहरूलाई बिक्री गर्नेछ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । बैंकले १० वर्ष अवधिकाे ८.५० प्रतिशत व्याजदर भएकाे ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

प्रकाशित : १७ असार २०७८, बिहीबार १७:२२