मनास्लु विकास बैंकको ५० प्रतिशत हकप्रद, साउन २३ देखि बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मनास्लु विकास बैंकको ५० प्रतिशत हकप्रद, साउन २३ देखि बिक्री खुला



काठमाडौं , ५ साउन। मनास्लु विकास बैंकले साउन २३ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।  बैंकले २ः१ अनुपात (५० प्रतिशत) मा हकप्रद जारी गर्न लागेको हो । यस विकास बैंकको हाल चुक्ता पुँजी १८ करोड ३५ लाख २९ हजार पाँच सय रूपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि चुक्ता पुँजी २७ करोड ५२ लाख ९४ हजार रूपैयाँ पुग्नेछ ।  मनास्लुले एक सय रूपैयाँ अकिंत मूल्यको नौ लाख १७ हजार ६ सय ४७.५० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
Manaslu_Bikas_bank_7_19_2016_12_04_00
यो हकप्रद सेयर भदौ २६ गतेसम्म भर्न पाइनेछ । बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्दैछ ।  गोरखा, चितवन र तनहुँ गरी तीन जिल्ला कार्य क्षेत्र भएको यस विकास बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार अनिवार्य चुक्ता पुँजी वृद्धि गर्नुपर्ने भएकाले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।  गोरखामा केन्द्रीय कार्यालय रहेको मनास्लुले इक्रा नेपालबाट ग्रेड प्लस ४ प्राप्त गरेको छ । बैंकको अधिकृत पुँजी ३० करोड रूपैयाँ रहेको छ भने जारी पुँजी २७ करोड ५२ लाख ९४ हजार दुई सय ५० रूपैयाँ छ ।

आर्थिक वर्ष २०७३–२०७४ को अन्त्यसम्ममा बैंकले जगेडा कोषमा ११ करोड ६४ लाख २६ हजार रूपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।  हाल प्रतिसेयर नेटवर्थ एक सय २७ रूपैयाँ २५ पैसा रहेकामा आव २०७३–७४ को अन्त्यसम्म प्रतिसेयर नेटवर्थ एक सय ४१ रूपैयाँ ७५ पैसा पुग्ने बैंकको प्रक्षेपण छ ।

प्रकाशित : ५ श्रावण २०७३, बुधबार ०३:४७