सहकारी व्यवसायमा बाधा पुर्याउने कानुन संशोधन हुन्छः मन्त्री श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सहकारी व्यवसायमा बाधा पुर्याउने कानुन संशोधन हुन्छः मन्त्री श्रेष्ठ



काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लिलानाथ श्रेष्ठले गरिबी निवारण, महिला सशक्तिकरण र रोजगारी सिर्जनामा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।


सो कुरा उहाँले ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा बताउनुभएको हो ।


सहकारीको विकासमा अवरोध गर्ने कानुन संशोधन गर्ने विषयमा आफ्नो प्राथमिकता रहने मन्त्री श्रेष्ठले बताउनुभयो । ‘सहकारी व्यवसायलाई बाधा पु¥याउने ४७ वटा ऐनहरु सहकारीमैत्री बनाउनमा आप्mनो तहबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ उहाँले भन्नुभयोे, ‘राज्यले सहकारीलाई काम गर्ने वातावरण दिने हो, त्यसमा हामी लाग्नेछौं ।’ राज्यलाई सहकारीको सहयोग आवश्यक रहेको र निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।


भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले ग्रामीण क्षेत्रमा अभैm सहकारी विस्तार आवश्यक रहेको बताउँदै सहकारी धेरै भएको ठाउँमा एकीकरण र नपुगेको ग्रामीण क्षेत्रमा सहकारी संस्था विस्तार गर्नुपर्ने बताउनुभयो ।


गरिबी न्यूनिकरणमा सहकारीको योगदानको प्रशंसा गर्दै सचिव पाण्डेले ग्रामीण क्षेत्रमा सहकारी अभियान व्यवसायिक बन्नु पर्ने कुरामा जोड दिनभयो ।


सहकारीले राम्रा काम गर्दागर्दै पनि केही कमजोरीहरु पनि रहेको बताउँदै सचिव पाण्डेले सहकारीहरुले गरेको कमजोरीको रिर्पोट मन्त्रालयसम्म आउने गरेको बताउनुभयो । साथै उहाँले सहकारीको गरेको असल अभ्यास अन्य सहकारीहरुले पनि अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।


महासंघका अध्यक्ष मिनराज कंडेलको अध्यक्षतामा सम्पन्न सो समारोहमा महासंघका निर्वमान अध्यक्ष एवं पूर्वमन्त्री केशव प्रसाद बडाल, उपाध्यक्ष रमेश प्रसाद पोखरेल लगायतका सहकारी अभियानका अग्रणी व्यक्तित्वहरुले आ–आप्mनो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा उद्योग वाण्ज्यि तथा आपुर्ति मन्त्रालयकी सह सािवच चन्द्र कला पौडेलले पुननिर्माणमा संयुक्त पहल भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कार्यत्रकको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

जुलाईको पहिलो शनिवार विश्वभरि नै विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । कोरोना महामारीबाट पुर्नउत्थान गर्नका लागि सहकारीको भूमिका र योगदानको विषयलाई महत्व दिदै यस बर्षको अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।

प्रकाशित : १९ असार २०७८, शनिबार १९:१४