उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी



काठमाडौँ । काठमाडौँ उपत्यकामा एकसाता निषेधाज्ञा थप्ने तयारी गरिएको छ । निषेधाज्ञा बारेमा छलफल गर्न आज काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक बस्दैछ । उपत्यकामा जारी निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने बारेमा आजको बैठकमा छलफल हुनेछ । माइक्रो बस र टेम्पो सञ्चालनबारे निर्णय गर्ने तयारी छ । यस विषयमा सीडीओकाे बैठकपछि थप निर्णय आउने छ ।

गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा असार २१ गते रातीदेखि सकिँदैछ । निषेधाज्ञा थपिए पनि अन्य थप क्षेत्र खुकुलो गर्ने विषयमा विज्ञहरुसँग छलफल भइरहेको काठमाडौँका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिनुभयाे ।

पछिल्लोपटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट क्षमता भएका सार्वजनिक बसलाई जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिइएको छ भने खाद्य पसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ ।

प्रकाशित : २० असार २०७८, आईतवार १३:४४