५ अर्बमा झर्‍यो सेयर कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

५ अर्बमा झर्‍यो सेयर कारोबार



काठमाडाें । सेयर बजारमा कारोबार रकम निरन्तर ओरालो लागिरहेको छ। दैनिक २० अर्बसम्म पुगेर कीर्तिमान गरेयता पछिल्लो समय लगातार कारोबार रकममा गिरावट आइरहेको छ। आज ५ अर्ब ५ करोडको मात्रै सेयर खरिदबिक्री भएको हो।

साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक ८.४८ अंकले घटेको छ। आइतबारको कारोबारमा क वर्गका कम्पनीको मापन गर्ने सूचक सेन्सिटिभ पनि शून्य दशमलव ३३ अंकले झरेको छ।

आजको कारोबारमा २ सय २४ कम्पनी सामेल भए। त्यसमा ६० हजार १ सय ७५ पटक कारोबार भयो। उक्त अवधिमा कम्पनीहरुको १ करोड ८ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

१३ उपसमूहमध्ये आज होटल र पर्यटन, अन्य, म्युचुअल फन्डबाहेक बाँकीको कारोबार सूचक पनि आज राताम्य भए। आज १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३ का लगानीकर्ताले १० प्रतिशत कमाउनेबाहेक अन्य लगानीकर्ताको हातमा थोरै आम्दानी भएको छ।

गुमाउने लगानीकर्ताले आज अघिल्लो कारोबारको तुलनामा अधिकतम ५.३८ प्रतिशत घाटा व्यहोरेका छन्। आज कम्पनीहरुको अधिकतम कारोबार पनि २१ करोडसम्म मात्रै छ।

प्रकाशित : २० असार २०७८, आईतवार १५:३१