सीतापाईला बहुउद्देश्यीय सहकारीले ल्यायो सदस्यलाई छुटको योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सीतापाईला बहुउद्देश्यीय सहकारीले ल्यायो सदस्यलाई छुटको योजना



काठमाडाैं । सीतापाईला बहुउद्देश्यीय सहकारीले कोरोना महामारीको अवस्थालाई मध्य नजर गर्दै ऋणीहरुलाई छुटको याेजना सार्वजनिक गरेको छ ।

संस्थाले २०७८ असार मसान्त भित्र भुक्तानी गर्ने सदस्यहरुलाई जेठ र असार महिनाको ब्याजमा १५ प्रतिशत ब्याज छुट गरेको कार्यकारी अध्यक्ष केदार मानन्धरले जानकारी दिए । यस्तै असार मसान्त भित्र कर्जा चुक्ता गर्नेलाई हर्जना पुरै छुट दिने मानन्धरले बताए ।

प्रकाशित : २१ असार २०७८, सोमबार ११:००