‘मेक इन नेपाल – स्वदेशी’ अभियानको कार्यान्वयन शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

‘मेक इन नेपाल – स्वदेशी’ अभियानको कार्यान्वयन शुरु



काठमाडौं । स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले शुरु गरिएको ‘मेक इन नेपाल – स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ। नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारी अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको हो।

यो अभियानमा आवद्ध हुन चाहने स्वदेशी उद्योगरव्यवसायले वेब पोर्टलमार्फत आवेदन दिन सक्नेछन्। प्राप्त आवेदनमाथि स्वदेशी कार्यसम्पादन समितिले मूल्यांकन गरी मापदण्ड पुरा गरेका व्यवसायलाई अनलाइनमार्फत नै स्वदेशीका लागि अनुमोदन गरी थप प्रक्रिया अघि बढाउने छ । वस्तु तथा सेवाको स्वदेशमै उत्पादन गर्ने यस्ता उत्पादकले अनलाइनमार्फत् नै स्वदेशीको सदस्यता प्राप्त गर्न सक्ने गरी अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको हो।

यो अभियानअन्तर्गत वार्षिक १ हजार उद्योग दर्ता, कूल गार्हस्थ्य उत्पादनमा सन् २०२५ सम्ममा उद्योगको योगदान २२ प्रतिशत पुर्‍याउने, वार्षिक १ हजार औद्योगिक रोजगारी सिर्जना गर्ने र सन् २०२५ सम्ममा ४ अर्ब ६० करोड अमेरिकी डलर बराबरको निर्यात गर्ने लक्ष्य राखिएको छ।

‘स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गर्नु नै मेक इन नेपाल-स्वदेशीको लक्ष्य हो,’ नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने, ‘यस अभियानले नेपाली वस्तुको उत्पादन वृद्धि गर्ने, बजारीकरण गर्ने र आन्तरिक तथा बाह्य बजारमा उपभोगबढाउने लक्ष्य राखेको छ।‘

प्रकाशित : २१ असार २०७८, सोमबार ११:२५