एनआइसी एशिया पहिलोपटक अर्बपति कम्पनीको सूचिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआइसी एशिया पहिलोपटक अर्बपति कम्पनीको सूचिमा



काठमाडाै । एनआइसी एशिया बैंक आर्थिक वर्ष २०७२/७३ मा खूद नाफातर्फ ५७.२९ प्रतिशतको प्रगति हासिल गरी अर्ब कमाउने बैंकहरुको सूचिमा आफूलाई सामेल गराउन सफल भएको छ ।

यो वाणिज्य बैंक बुधबार सार्वजनिक गरेको बित्तीय विवरणअनुसार आर्थिक वर्ष ०७१/७२ मा ६८ करोड ९० लाख खूद नाफा कमाएकोमा २०७२/७३ मा १ अर्ब ७ करोड नाफा आर्जन गर्न सफल भएको हो ।

एनआइसी बैंकले ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति हासिल गरेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको १ अर्ब ५७ करोडमा सीमित रहेको ब्याज आम्दानीलाई २०७२/७३ मा बढाएर १ अर्ब ९७ करोड पुर्याएको छ । यो बैंकको चुक्तापूँजी ४ अर्ब ५७ करोड रहेको छ भने सञ्चित कोषमा २ अर्ब ८७ करोड रहेको छ । यो बैंकले १ अर्ब  ३४ करोड संचालन नाफा कमाएको छ ।

संभावित जोखिम व्यवस्थापनको कोष समेत १८ करोड ३० लाखबाट बढाएर ३२ करोड ३२ लाख बनाएको छ । यो बैंक निकै ठूलो आकारमा निक्षेप संकलन गर्न सफल भएको छ । ५३ अर्ब ३७ करोड निक्षेपलाई बढाएर यो वर्ष ६९ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो आबमा ४२ अर्ब १४ करोड ऋण परिचालन गरेकोमा यो वर्ष ५८ अर्ब ४५ करोड पुर्याइएको छ ।

यो बैंकले निस्क्रिय कर्जा दरमा पनि निकै राम्रो सुधार गरेको छ । २.०७  प्रतिशत रहेको निस्क्रिय कर्जा यो वर्ष घटाएर ०.८२ प्रतिशतमा झारिएको छ ।

एनआइसी एशिया बैंकको प्रतिसेयर आम्दानी २८.४ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १९७.६८ रुपैयाँ पुगेको छ । मूल्य–आम्दानी अनुपात २८.१० रहेको छ । यो मूल्य आम्दानी अनुपातको अर्थ यो बैंक निकै मजबुत छ भन्ने संकेत हो ।

प्रकाशित : ५ श्रावण २०७३, बुधबार १४:०४