एक हजार ३३३ संक्रमित कोरोना संक्रमणमुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

एक हजार ३३३ संक्रमित कोरोना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टायता एक हजार ३३३ संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ६ लाख १४ हजार ३२७ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, बिहीबार देशभर दुई हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

७ हजार ८३५ जना पिअिसार परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ जनाको एन्टीजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय ।

पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार २९१ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : २४ असार २०७८, बिहीबार १६:५८