कृषि विकास बैंकको अनलाइन डिम्याट खाता सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि विकास बैंकको अनलाइन डिम्याट खाता सञ्चालनमा



काठमाडौं । कृषि विकास बैंकले अनलाइन डिम्याट खातासहितको सुविधा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार शुुक्रबारबाट यो सेवा सुरु गरिएको हो । बैंकले अनलाइनका माध्यमबाट एकै समयमा धेरैभन्दा धेरै सुविधा प्रवाह गर्ने अभिप्रायले खाता खोल्ने प्रणालीको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त सेवाको उद्घाटन गरेका हुुन् ।

यो सेवाअन्तर्गत बैंकमा खाता भएका ग्राहकहरूले विनाझण्झट अनलाइनका माध्यमबाट डिम्याट खाता, मेरो सेयर खाता, सीआरएन, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटीएम कार्ड सेवाका लागि निवेदन दिन सक्नेछन् । बैंकमा खाता भई ग्राहक पहिचान विवरण अद्यावधिक गरेका सक्रिय खाता ग्राहकले स्वदेश तथा विदेशबाट अनलाइन निवेदनका आधारमा उक्त सेवाहरूको लागि अनुरोध गर्नसक्ने गरी नयाँ प्रविधिको सुरुवात गरेको हो ।

यसका अलावा बैंकमा खाता नभएका ग्राहकहरूले समेत देश विदेशबाट अनलाइनका माध्यमबाट समेत चल्ती, बचत खातासहित सवै सेवाहरू अनुरोध गर्न सक्नेछन् । यो सेवा सुरु भएपश्चात् अनलाइनका माध्यमबाट सेवा अनुरोध गर्न सकिनेछ भने कोभिडको यस महामारीको अवस्थामा सेवा उपयोगका लागि बैंक धाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

कृषि विकास बैंकसँग जोडिन यसप्रकारका सेवाहरूले थप सहजता प्रदान गर्ने विश्वास बैंक व्यवस्थापनले लिएको छ । यस प्रकारको सेवा सुचारु भएपश्चात् स्वचालित रूपमा इमेल तथ एसएमएसका माध्यमबाट ग्राहकलाई जानकारी गराउने व्यवस्था यो प्रणालीमा रहेको छ ।

साथै कृषि विकास बैंकमा खाता भएका र ग्राहक पहिचान विवरण अद्यावधिक भएका ग्राहकहरूले विनाझन्झट यो सेवा समयमा नै उपयोग गर्न सकिन्छ । यो सेवा उपयोगका लागि तीन सय ६५ दिन नै २४ घण्टा नै बैंकको वेबसाइटमार्फत अनुरोध गर्नसक्ने व्यवस्था गरेको छ । यो सेवापश्चात् बैंक र ग्राहकबीचको सम्बन्ध थप दरिलो हुने विश्वास बैंकले लिएको छ ।

यो सेवापश्चात् सेयर कारोबारमा सहजता प्रदान हुने, बैंकमा खाता भएका ग्राहकहरूले थप ग्राहक पहिचान विवरण पेस गर्नुनपर्ने, नाबालकहरूको खाता खोल्न सहजता हुने, खाता खोल्न बैंकसमक्ष पुग्नुनपर्ने, मोबाइल तथा इन्टरनेट बैंकिङका लागि आवेदन दिन सकिनेछ । यसरी एकै निवेदनबाट बहुसेवामा पहुँच प-याउन सकिने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो रहेको छ ।

उक्त सेवाको सुभारम्भ कार्यक्रममा बैंक उप–महाप्रबन्धकहरू क्रमशः प्रताप सुवदी, यज्ञप्रकाश न्यौपाने, धु्रबचन्द्र गौतम, दीर्घबहादुर अर्याल, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल बैंक विभागीय प्रमुखहरूलगायत अन्य कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बैंकका शाखा प्रमुख विनोद कोइराला र धु्रव पौडेल संयुक्तरूपमा गरेका थिए ।

प्रकाशित : २७ असार २०७८, आईतवार १८:०६