तेह्रथुम पावर कम्पनीले साउन ५ देखि आईपिओ निष्काशन गर्ने



काठमाडाैं । तेह्रथुम पावर कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र तेह्रथुमका स्थानीयको लागि ४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो ।

यस शेयरमा स्थानीयले छिटोमा साउन १९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ६० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १० गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । आयोजना प्रभावितहरुलाई ४ लाख कित्ता निष्काशन भएपछि सर्वसाधारणमा ८ लाख कित्ता सेयर बिक्रि हुने छ।

कम्पनीले ७.५ मेगावाटको अपर थोरुंगा खोला आयोजना निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पुंजी ४० करोड, जारि पुंजी ४० करोड र चुक्ता पुंजी २८ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ४० करोड पुग्ने छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि