लक्ष्मी बैंकको ऋणपत्र आजदेखि बिक्री खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी बैंकको ऋणपत्र आजदेखि बिक्री खुल्ला



काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको २ अर्ब बराबरको ऋणपत्र आज (असार २८ गते, सोमबार) बाट बिक्री खुल्ला भएको छ । बैंकले १ हजार रुपैयाँको दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये बैंकले ८ लाख कित्ता सामूहिक लगानी कोषसहित सर्वसाधारणमा बिक्री गर्नेछ, भने १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको मध्येबाट ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी ७ लाख ६० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागेको हो ।

बैंकले १० वर्ष अवधिको ‘८.५% लक्ष्मी बैंक डिबेन्चर २०८८’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ८.५% हुनेछ ।

लगानीकर्ताले उक्त ऋणपत्रमा असार २८ गतेदेखि छिटोमा असार ३१ गतेसम्म र ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्रको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

बैंकले जारी गर्न लागेको उक्त ऋणपत्रलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर रेटिङ बीबीबी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको मानिन्छन् । यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ ।

उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।

प्रकाशित : २८ असार २०७८, सोमबार १२:०६