कामना सेवा विकास बैंकको नाफा ५ गुणाले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कामना सेवा विकास बैंकको नाफा ५ गुणाले वृद्धि



काठमाडौं । कामना सेवा विकास बैंकको नाफा ५ गुणाले वृद्धि भएको छ । गत आर्थिक वर्षमा उक्त विकास बैंकको खुद नाफा ४८४.९० प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा १५ करोड ९७ लाख १९ हजार रुपैयाँ खुद नफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ७० करोड २ लाख ४० हजार खुद नाफा कमाएको हो । यस आधारमा बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ५८ करोड रुपैयाँ बढी खुद नफा आर्जन गरेको हो ।

बैंकले प्रकाशित गरेको गत आवको वित्तीय विवरण अनुसार सो अवधिमा ४३ करोड ४५ लाख २१ हजार रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको नाफाबाट बैंकले १६ प्रतिशतसम्म लाभांश दिन सक्ने देखिएको छ ।

बैंकले गत आवको असार मसन्तसम्म ४४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
अघिल्लो आर्थिक वर्ष १ अर्ब १४ करोड ७१ लाख रुपैयाँ खुद ब्जा आम्दानी गरेको थियो । अघिल्लो आर्थिक वर्ष ३१ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो भने २५ अर्ब ९२ करोड ऋण प्रवाह गरेको थियो ।
बैंकले खराब कर्जाको अनुपात ०.२९ प्रतिशत विन्दुले घटाएको छ । खराब ऋण उठेपछि बैंकको नाफामा समेत वृद्धि भएको छ ।

प्रकाशित : ३ श्रावण २०७८, आईतवार १३:०५