दुई हजार चार सय ४५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

दुई हजार चार सय ४५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि



काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार सय ४५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

सात हजार आठ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ४२ जना र तीन हजार आठ सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय तीन जना गरी दुई हजार चार सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख १८ हजार चार सय ९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार दुई सय ५८ जना सङ्क्रमित निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३३ हजार तीन सय ३२ जना पुगेको छ ।

यस्तै थप ३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या नौ हजार पाँच सय ८२ जना पुगेको छ ।

अहिले नेपालमा २५ हजार आठ सय ३७ जना कोरोनाका सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये पाँच सय ६४ जनाको आईसीयू र एक सय ५५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ४ श्रावण २०७८, सोमबार १७:५६