वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एण्ड जोन्सजनको खोप दिइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एण्ड जोन्सजनको खोप दिइने



काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई जोन्सन एण्ड जोन्सजनको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई पनि जोन्सन एण्ड जोन्सनको खोप दिने जनाएको छ ।

कतिपय गन्तव्य देशले भेरोसेल खोपलाई मान्यता नदिएको र भेरोसेल खोपको दुवै मात्रा लगाउन एक महिनाको समय कुर्नुपर्ने भएकाले श्रमिकले एक मात्र मात्रै लगाउँदा हुने जोन्सनको खोप दिन सरकारसँग आग्रह गरेका थिए ।

अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई दिएको १५ लाख डोज जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि ५० देखि ५५ वर्ष उमेर समूहका नागरिक, ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका नागरिक स्वास्थ्यकर्मी तथा हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई दिन सुरु गरेको छ ।

जोन्सन एण्ड जोन्सन खोप अनिवार्य गरेका देशमा जान लागेका व्यक्तिहरूलाई पासपोर्ट र भिसा को आधारमा खोप दिइने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ४ श्रावण २०७८, सोमबार १८:०८