गच्छदारले सरकार छोड्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गच्छदारले सरकार छोड्दै



काठमाडौं, ६ साउन । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सरकारबाट हटने निर्णय गरेको छ ।पार्टीका नेताहरूले यसलाई तत्कालै सार्वजनिक नगर्ने निर्णय गरेकाले विज्ञप्ति जारी नगरिएको नाम नखुलाउने सर्तमा बैठकमा सहभागी एक नेताले जनाएको छ । पार्टी स्रोतका अनुसार औपचारिक रूपमा पार्टीले तीन ठुला दललाई देशलाई मुठभेडबाट जोगाउन आवश्यक पहल गर्न आग्रह गर्ने निर्णय गरिएको छ ।

कार्यसम्पादन समितिका सदस्य र काठमाडौंमा उपस्थित सांसदहरूको उपस्थितिमा यो निर्णय गरिएको छ । बिहीबार बस्ने संसद्को बैठकको अवस्थालाई अवलोकन गरी पार्टीले वर्तमान राजनीतिक परिस्थितिबारे लिइएको निर्णय सार्वजनिक गरिने ती नेताले जनाए । आजको कारोबार दैनिकबाट ।

प्रकाशित : ६ श्रावण २०७३, बिहीबार ०४:३३