प्रभु बैंकले कान्तिपुर डेन्टल हस्पिटललाई आर्थिक सहयोग गर्ने



काठमाडौं । प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

एक समारोहका बीच प्रभु बैंकको बबरमहस्थित केन्द्रीय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले प्रभु बैंकले आर्थिक सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकबाट उपलब्ध गराइएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एन्ड डेन्टल अस्पतालमा अत्यधुनिक स्वास्थ्य सामग्रीहरू खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाइ भोगिरहेका आर्थिक रुपमा विपन्न बिरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ ।

यसबाट कान्तिपुर जनरल एन्ड डेन्टल अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले अत्यधुनिक स्वास्थ्य सामग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि