डा. केसीको समर्थन गर्दै गगन थापा ( यस्तो छ विशेष प्रस्ताव) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डा. केसीको समर्थन गर्दै गगन थापा ( यस्तो छ विशेष प्रस्ताव)



काठमाडौं,  ६ साउन। नेपाली काँग्रेसका युवा नेता एवं सांसद् गगन थापाले डा. गोविन्द केसीको पक्षमा संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । बिहीबार थापाले सांसद् श्याम श्रेष्ठको प्रस्ताव तथा धनराज गुरूङको समर्थनमा उक्त प्रंस्ताव दर्ता गरिएको थापाले जानकारी दिए ।

डा. गोविन्द केसी विगत १२ दिनदेखि राष्ट्रिय महत्वका गम्भीर र संवेदनशील विषयलाई लियर आमरण अनसनमा बसिरहेका छन् । तीन सांसद्ले उनले उठाएका विषयहरू सरकार र संसदसँग प्रत्यक्ष रुपमा जोडिएको भन्दै यस विषयमा अविलम्ब छलफल गर्न पनि माग गरेको छन् ।

उनले जनसरोकारको संवेदनशील विषय र डा. केसीको जीवनरक्षालाई समेत मध्यनजर गर्दै सभामुखले यस विषयलाई बिशेष महत्व र गम्भिरताका साथ अबिलम्ब सदनमा छलफल गराउनेमा पनि विश्वास व्यक्त गरे ।

gagan-thapa

gagan-thapa2

 

प्रकाशित : ६ श्रावण २०७३, बिहीबार १५:४४