दशैं तिहार हुन्डाई परिवार अफरको विजेता घोषित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

दशैं तिहार हुन्डाई परिवार अफरको विजेता घोषित



काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको यसपालीको दशैं तिहार वेलकम टू हुन्डाई परिवार अफरको बम्पर विजेताहरुको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट साथै यस कठिन समयमा स्वास्थकर्मीहरुको समर्पण र अथक सेवालाई ध्यानमा राखी सम्मान स्वरुप बिशेष प्याकेज तथा बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्पmत १–१ जना विजेतालाई हुन्डाई GRAND i10 NIOS (Magna) र हुन्डाई AURA (S) जित्ने मौका थियो ।

यसपालीको दशैं तिहार वेलकम टू हुन्डाई परिवार अफरको विजेताको घोषणा HIMALAYA TV मा Live लक्की ड्र मार्फत श्रावण ११ गते सोमबार गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिहरुमा कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल तथा पुर्व राष्ट्रिय फूटबल क्याप्टेन अनिल गुरुङ रहेका थिए ।

यसपालीको दशैं तिहार वेलकम टू हुन्डाई परिवार अफर अनुरुप पहिलो बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १४४५, मैतीदेवी, काठमाडौँका श्याम प्रसाद पौडेलले हुन्डाई GRAND i10 NIOS (Magna) जितेका छन ।

त्यसैगरी यसपालीको दशैं तिहार वेलकम टू हुन्डाई परिवार अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत, कुपन नम्बर १६१७, भरतपुर, चितवनका चेत नारायण सापकोटाले हुन्डाई AURA (S) जितेका थिए ।

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यसपालीको दशैं तिहार WELCOME TO HYUNDAI परिवार योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना २०७७ असोज ५ देखि मंसिर ५ सम्म लागु गरिएको थियो ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलवार ११:०४