टाटाको विद्युतीय कार नेक्सन ईभी नेपाल भित्रियो, कति हो मूल्य ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

टाटाको विद्युतीय कार नेक्सन ईभी नेपाल भित्रियो, कति हो मूल्य ?



काठमाडाैं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदि ट्रेडिङ प्रा.लि.ले टाटाको नेक्सन ईभी भित्र्याएको छ । भारतीय बजारमा सर्वाधिक विक्री भईरहेको नेक्सन इभी नेपाली बजारमा भित्रिएको हो ।

टाटाले जिपट्रोन प्रविधिमा आधारित यो विद्युतीय एसयूभी वायु प्रदुषणरहित रहेको जनाएको छ । १२९ पीएस पावर र २४५ एनएम जेनेरेट गर्ने नेक्सन ईभी ९.९ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्न सक्ने दाबी गरिएको छ ।

३ कलर र ३ भेरियन्टमा उपलब्ध टाटा नेक्सन ईभीको सुरुवाती मूल्य ३५ लाख ९९ हजार तोकिएको छ । एक्सएमको ३५ लाख ९९ हजार, एक्सजेट प्लस ३७ लाख ९९ हजार र एक्सजेट प्लस लक्जरीको ३९ लाख ९९ हजार तोकिएको छ ।

गतवर्ष नै नेक्सनको ईभी नेपाल ल्याउने तयारी गरेको सिप्रदीले विद्युतीय गाडीमा कर बढेपछि ल्याएको थिएन । तर, यसपाली विद्युतीय गाडीमा बढेको कर खारेज भएपछि टाटाले विद्युतीय गाडी भित्र्याएको हो ।

सिप्रदिका कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले काठमाडौँ उपत्यका बाहिर जाँदा चार्जिङ स्टेसन हुन्छ कि हुँदैन भन्ने चासो उपभोक्ताको देखिएको भन्दै आफूहरुले नै ८ वटा डिसी चार्ज राखिसकेको जानकारी दिए ।

प्रकाशित : १२ श्रावण २०७८, मंगलवार १६:५०