धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई ३ दिनभित्र स्पष्टिकरण पठाउन अर्थको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई ३ दिनभित्र स्पष्टिकरण पठाउन अर्थको निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डका पदाधिकारीले सवोत्तम सिमेन्टको शेयर सम्बन्धमा यथार्थ विवरण पेश गर्न निर्देशन दिएको छ । अर्थमन्त्रालयले बुधबार पत्र काट्दै तीन दिनभित्र यथार्थ विवरण पेश गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले विषयवस्तुको सम्बन्धमा सत्थ, तथ्य यथार्थता के हो, सो को स्पष्ट र तथ्यपरक विवरण मन्त्रालयमा बुझाउन भनेको हो । मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले यस्तो जानकारी गराएको छ ।

अर्थ मन्त्रलायका शाखा अधिकृत श्याम प्रसाद आचार्यद्वारा हस्ताक्षरित स्पष्टिकरण पत्रमा सञ्चार माध्यममा आएका विषयवस्तुहरु सत्य तथ्य के हो, सोको स्पष्ट तथ्यपरक विवरण ३ दिनभित्र मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिएको हो ।


अध्यक्ष ढुंगानाले स्वार्थ बाझिने गरी शेयर खरीद गरेको आरोप लागेको हो । तर विबाद भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले विहे गरेको छोरीले शेयर किन्न धितोपत्र बोर्डको कर्मचारी विनियमावली र कानूनले बन्देज नलगाउने दाबी गरेका छन् ।

ढुंगानाकी छोरी रेबिकाले सर्वोत्तम सिमेन्टको ११ हजार ९९२ कित्ता शेयर किनेको विवरण सार्वजनिक भएको थियो । उक्त कम्पनीले नयाँ आर्थिक वर्ष शुरु भएसँगै बूक बिल्डिङ विधीमार्फत् सामान्यभन्दा निकै महँगो मूल्यमा दोस्रो बजारमा शेयर जारी गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित : १४ श्रावण २०७८, बिहीबार १३:३३