चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादन ३ दशमलव ४ प्रतिशतमा सिमित हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादन ३ दशमलव ४ प्रतिशतमा सिमित हुने



gdpकाठमाडौं ।  केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा कुल ग्राहस्थ उत्पादन अर्थात जिडिपी वृद्धिदर ३ दशमलव ४ प्रतिशतमा सिमित हुने अनुमान गरेको छ । तथ्यांक विभागले सोमबार पत्रकार सम्मेलन गरेर भूकम्पले पुर्‍याएको असरले कुल ग्राहस्थ्य उत्पादन खुम्चिने जानकारी गराएको हो । यसअघि विभागले कुल ग्राहस्थ उत्पादन वृद्धिदर ४ दशमलव ५८ प्रतिशत हुने प्ररम्भिक अनुमान गरेको थियो ।

विभागका महानिर्देशक विकास विष्टले औद्योगिक समूह अन्तगर्तका प्राथमिक क्षेत्र कृषि, वन, मत्स्य र खानी तथा उत्खननमा अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा यस क्षेत्रको ग्राहस्थ्य उत्पादनको वृद्धिदर २ दशमलव २ ७ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेकोमा भूकम्पपछिको अवस्थामा घटेर १ दशमलव ८५ प्रतिशत हुने अनुमान गरिएको जानकारी दिए।

यस्तै द्धितिय क्षेत्र निर्माण, उद्योग र विद्युत, ग्याँस तथा पानीको अवस्था घटेर २ दशमलव ६५ र तृतिय क्षेत्र अर्थात होटल तथा रेष्टुरेन्ट, यातायात संचार, शिक्षा लगायतका क्षेत्रमा वृद्धिदर झण्डै ६ प्रतिशत हुने अनुमान गरिएकामा घटेर ३ दशमलव ९८ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । यस्तै भूकम्पका कारण ५१ अर्ब बराबरको वस्तु तथा सेवाको उत्पादनमा कमी हुने अनुमान गरिएको छ ।

प्रकाशित : २५ जेष्ठ २०७२, सोमबार १६:३९